Breaking News
बादललाई मत मागेको भन्दै कांग्रेसले दियो प्रधानमन्त्री र शिक्षा मन्त्रीविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं, जेठ ६ –
नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।
राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि सुरु भइसकेपछि बुधबार प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्न अपिल गरेका थिए । त्यसविरुद्ध कांग्रेसले निर्वाचन आयोगमा बिहीबार उजुरी दिएर कारवाहीको माग गरेको हो ।आज बागमती प्रदेशमा रिक्त रहेको एक राष्ट्रिय सभा सदस्यका लागि चुनाव भइरहेको छ । बुधबार प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले बादलका पक्षमा मत माग गर्दै अपिल जारी गरेका थिए।
आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ’ कांग्रेसले निर्वाचन आयोगले दिएको पत्रमा भनिएको छ ।


























