मकवानपुर

हेटौंडा पुगेका एमाले जनप्रतिनिधिले भनेः सुर्य बाहेक अन्त भोट हाल्ने कल्पना गरेका छैनौं

Banner

हेटौंडा,जेठ ५-

राष्ट्रियसभा उपनिर्वाचनका लागि बागमति प्रदेशका जनप्रतिनिधिहरु हेटौडा आइपुगेका छन । विहीबार हुने मतदानको पूर्वसन्ध्यामा जनप्रतिनिधि हेटौंडा आएका हुन । कोही आउने क्रममा छन । नेकपा एमालेको उम्मेद्वार बनेका गृहमन्त्री राम बहादुर थापा बादल पनि हेटौंडा आइपुगेका छन । उनले बादलले हेटौंडामा पार्टीका नेता र एमालेका मतदाताहरुसँग छलफल गरेका छन् । राष्ट्रियसभाका लागि विहीबार विहान ९ बजेबाट मतदान हुँदैछ ।

यसैबीच एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले वागमती प्रदेशमा विहीबार हुने राष्ट्रियसभा निर्वाचनको परिणामले एमाले एकता जोगिने वा टुट्ने निधो हुने भन्दै सुर्य बाहेक आफुहरुले सोच्न नसक्ने बताएका छन । उनिहरुले पार्टीलाई एकताबद्ध बनाउनका लागि पनि सुर्य चिन्हमा मतदान गर्नुको विकल्प नरहेको बताए ।

एमाले वागमती प्रदेशका इन्चार्ज समेत रहेका बादलसँगै सह–इन्चार्ज तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा लगायतका नेता हेटौंडा आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>