Breaking News

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, धेरै संक्रामक र जोखिमपूर्ण

Banner

काठमाडौं,जेठ ४-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयले एक अपिल सार्वजनिक गर्दै गत हप्ता संकलित संक्रमितका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा सिक्‍वेन्सिङ गर्दा मंगलबार प्राप्त नतिजा अनुसार नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो ।

प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ ।

नयाँ भेरियन्ट भेटिएसँगै नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले अपिलमा उल्लेख गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>