देश/प्रदेश

हेटौँडामा काेराेना सङ्क्रमितको उपचारका लागि अक्सिजन दैनिक एक सय सिलिण्डर ल्याउने अभियान शुरु

Banner

वाग्मती,जेठ ४ –

मकवानपुर जिल्लामा कोभिड– १९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक एक सय सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ । कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पु¥याउने उद्देश्यले सो अभियान चलाएको उपमहानगरपालिकाले जनाएको छ । जसअन्तर्गत आज पहिलो दिन एक सय सिलिण्डर अक्सिजन ल्याउन उपमहानगरपालिकाले आज आफ्नो दुईवटा टिप्पर नुवाकोट र इटहरी पठाएको छ । ती टिप्परहरूले आज रातिसम्म अक्सिजन भरेर ल्याइसक्ने उपमहानगरपालिकाले जनाएको छ ।

अक्सिजनकै अभावमा बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने मान्यताका साथ आफूहरूले काम अघि बढाएको हेटौँडा उपमहानगरपालिकाले जानकारी दिएको छ । पछिल्लो समय हेटौँडा उपमहानगरपालिकामा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको र अक्सिजन चाहिने सङ्क्रमित बढेका कारण स्थानीय सरकारले पहलकदमी बढाएको हो ।

मकवानपुरको बकैया गाउँपालिकामा आज एक पुरुष कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । बकैया गाउँपालिकामा मा पहिलोपटक कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा बकैया गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको हेटौँडा अस्पतालको कोभिड कक्षमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको छ । बकैयामा हाल १२ जना सक्रिय सङ्क्रमित रहेका र सबैको अवस्था सामान्य रहेको गाउँपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै मकवानपुर जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>