Breaking News
प्रधानमन्त्रीको शपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश राणाले हेर्ने

काठमडौं, जेठ ४
प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः शपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ ।
शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउन खोज्दा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।
त्यस्तै सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादी मन्त्रीहरुलाई दोस्रो पटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दावीसहित परेका रिटमाथि पनि राणाकै इजलासमा सुनुवाई हुँदैछ । सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका हुन् ।


























