Breaking News

एमाले कार्यदलको बैठक आज

Banner

काठमाडौं, जेठ ४

काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठक सिंहदरबारमा दिउँसो तीन बजे बस्ने तय गरिएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङ अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

कार्यदलमा रावल, नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल रहेका छन् । गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>