चितवन विशेष
चितवनमा विजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ
०

चितवन,जेठ ४-
चितवनमा विजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ७ बुद्धचोकमा डेरा गरी बस्ने श्रीकृष्ण महतो र काँसी चौधरी रहेका छन । उनिहरुले बैशाख ३१ गते भरतपुर महानगरपालिका वडा नं. १६ नविनचोक र गाविस चोकमा विजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्रालिको चार थान डिक्स बक्स चोरी गरेका थिए । चोरी भएको डिक्स बक्स उनिहरुको कोठाबाट बरामद गरिएको छ ।
उनिहरु यसअघि पनि चोरीका घटनामा संलग्न रहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























