Breaking News
प्रधानमन्त्री ओलीको सपथग्रहण गैरसंवैधानिक,सर्वोच्च अदालतमा चारवटा रिट दर्ता
०

काठमाडौँ,जेठ ३-
प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।
प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।
File Photos
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























