चितवन विशेष
भरतपुरमा सेभ द माइन्ड नेपालद्धारा खाद्यान्न सहयोग

भरतपुर, जेठ ३ –
सामाजिक संस्था सेभ द माइन्ड नेपालले खाद्यान्न सहयोग गरेको छ । संस्थाले आइतबार आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेका हुन । संस्थाले निषेधाज्ञाको समयमा खानालाई समस्या परेकाहरु अशक्त, असहाय, लैंगिक तथा यौनिक अल्पसमुदायहरुलाई सहयोग गरेका थिए । संस्थाले खाद्यान्नसहित औषधी, ग्यास सिलिण्डर लगायतका सामानहरु सहयोग गरे ।
संस्थाले अब फुड ब्याङक संचालनमा ल्याउने तयारीमा रहेको र बिपत्ती या प्रकोपमा परेका व्यक्तिहरुलाई सहयोग गरिने संस्थाकी अध्यक्ष पुजा भुसालले जानकारी दिइन् । निषेधाज्ञाका कारण भोकभोकै बस्न बाध्य भएकाहरुलाई सेभ द माइन्ड नेपालमार्फत हाल अमेरिकामा रहेका राजिभ प्रसाद श्रेष्ठले सहयोग गर्ने भुसालले बताईन् । उक्त कार्यक्रममा विभिन्न संंस्थामा आबद्द रहि काम गरेका युवा व्यवसायी प्रमोद भन्डारी सेभद माइन्ड नेपाल सस्थाकी बोर्ड सदस्य रिता पाठक लगायतको उपस्थिति रहेको थियो।

























