Breaking News

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहरः प्रधानमन्त्री ओली

Banner

चितवन,जेठ ३-

नेकपा एमालेले आज २८ औं मदन –आश्रित स्मृति दिवस मनाउँदैछ। स्मृति दिवसको अवसरमा मदननगर बल्खुमा स्मृति दिवस समारोह हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केहि स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा बिहान ९ बजे बल्खुमा रहेको मदन–आश्रितको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम हुने तामाङले बताए।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० जेठ ३ गते आजकै दिन दाशढुंगामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मदन आश्रित दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै मदन भण्डारी र जीवराज आश्रित लोकतन्त्रका धरोधर भएको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>