Breaking News
आज मदन-आश्रित स्मृति दिवस,कोरोनाले दासढुंगामा औपचारिक कार्यक्रम भएन
०

चितवन,जेठ ३-
आज मदन–आश्रित स्मृति दिवस । पार्टीका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज एमालेले २८ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण चितवनको दासढुंगामा औपचारिक कार्यक्रम नभएको एमालेले चितवनले जनाएको छ । जनप्रतिनिधि सहितको उपस्थितिमा दासढुंगामा रहेको मदन आश्रितको शालिकमा माल्यार्पण गरिएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























