चितवन विशेष

चितवनमा बाघको आक्रमणबाट निउरो टिप्न गएकी एक महिला घाईते

Banner

चितवन,जेठ २ –

चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन । आज आईतबार दिउसो १२ः०० बजेको समयमा भरतपुर महानगरपालिका ८ स्थित बनदेबी सामुदायिक बनमा निउरो टिप्न गएकी एक महिला बाघको आक्रमणबाट घाईते भएकी हुन् ।

बाघको आक्रमणमा परि ४२ वर्षकी मिना लामा घाईते भएकी हुन् । घाईते लामालाई उपचारको लागि भरतपुर अस्पाताल भरतपुर लगिएको र उनको उपचार भइरहेको प्रहरीको भनाई छ । यो घटनासँगै चितवनमा १० दिनमा बाघको तिन घटना घटेको छ ।

गत बैशाख २४ गते र २७ गते पनि बाघको आक्रमणबाट चितवनमा २ जना घाईते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>