Breaking News

प्रधानमन्त्री कार्यालयमा ओली-नेपालबीच वार्ता शुरू

Banner

काठमाडौं,जेठ २-

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरू भएको छ ।

प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले नेपाल प्रेसलाई जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ । अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने तयारी गर्दै आउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>