Breaking News

नेपाली चलचित्रका सफल निर्देशक चेतन कार्कीको निधन

Banner

काठमाडौं, जेठ २ –

नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । कार्कीको ८४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

गत आइतबार कोरोना संक्रमण देखिएपछि कार्कीलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो ।

उनको निधनमा चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए । उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>