Breaking News

ओलीलाई भेटेको हुँ,प्रधानमन्त्री पद मागेको होइनः बाबुराम भट्टराई

Banner

काठमाडौं,जेठ २-

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूले प्रधानमन्त्री भइसकेका बाहेक व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भनेको बताएका छन्। भट्टराईले उक्त कुराको संकेत गर्दै गत बुधबार नै ट्वीट गरेका थिए। तर नेकपा एमालेका नेता महेश बस्नेतले भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा दाबी गरेका थिए।

यसबारे भट्टराईले आज ट्वीटमार्फत् प्रष्टीकरण दिएका छन्। ‘प्रधानमन्त्रीले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो, महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली होइन प्रधानमन्त्री ओलीलाई भेटेकै हो।’ भट्टराईले उक्त भेटमा आफूले प्रधानमन्त्री भइसकेकाबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने बताएकोसमेत उल्लेख गरेका छन्।

‘मैले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ, सोचौं।’ संविधानको धारा ७६ (५) मा प्रतिनिधि सभामा कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>