Breaking News

पुरानो मेडिकल कलेजले १० दिनभित्रै नयाँ अक्सिजन प्लान्ट सञ्चालन गर्ने, दैनिक २०० बढि सिलिण्डर अक्सिजन उत्पादन हुने

Banner

चितवन,जेठ २-

चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरले १० देखि १५ दिनभित्रै अक्सिजनको नयाँ प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । कलेजले नवलपुरको गैंडाकोटमा नयाँ प्लान्टबाट अक्सिजनको उत्पादन गर्न लागेको कलेजका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।

सो प्लान्टबाट दैनिक २०० देखि २५० सिलिण्डर अक्सिजन उत्पादन हुने निर्देशक डा. प्रधानले बताए । ‘अहिले चितवनका अस्पतालमा अक्सिजनको अभाव जस्तो देखिएको छ, अभावमा कमी ल्याउन यसले मद्धत गर्छ भन्ने विश्वास छ’ निर्देशक डा. प्रधानले भने, ‘बढीमा १५ दिनभित्र हामी उत्पादन गर्न सक्छौं ।’

विद्युतीय सामग्रीको जडान तथा भारतबाट आउनुपर्ने केही सामान आउने क्रममा बाटोमा नै रहेकाले १५ दिनभित्र सञ्चालनमा आउने डा. प्रधानले जानकारी दिए । यो उद्योगलाई चौबिसै घण्टा चलाउने गरी तयारी गरिरहेको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>