Breaking News
कोरोनाका कारण पुनः रोकियो राप्रपाको महाधिवेशन
०
काठमाडौं, जेठ, १
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशन स्थगित भएको छ । तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमको कारण महाधिवेशन स्थगित भएको हो ।
राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपाको महाधिवेशन यसअघि पनि स्थगित भएको थियो । वैशाख अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै २२–२५ जेठमा गर्ने तय भएपनि कोरोनाका कारण स्थगित गरिएको छ ।
संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित भएको जनाएको छ । महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























