चितवन विशेष

जनता घरमा थुनिदाँ भोकले मर्ने अवस्था आयो भन्दै राहत दिन वैज्ञानिक समाजवादी युवाको माग

Banner

चितवन, जेठ १

वैज्ञानिक समाजवादी युवा लिग नेपालले आम श्रमजिवी जनताहरुलाई घरमा थुनेर राख्दा भोकले मर्ने स्थिति पैदा हुँदै गएकोले तुरुन्त राहत प्याकेज घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । युवा लिगले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयलाई पठाएको हो । दलाल पुजीँवादी संसदीय व्यवस्थाकै कारण भयावर स्थिति पैदा भएको युवा लिगले ज्ञापनपत्रमा उल्लेख गरेको छ । कोभिड १९ संग सम्बन्धित स्वास्थ्य सेवा सम्पूर्ण रुपमा निशुल्क गर्न, यसलाई नाफाखारी महाव्यापार बनाउँने चालबाजी बन्द गर्ने उनीहरुले सरकारलाई माग गरेका छन् ।

साथै संचार माध्यम र सामाजिक संजालमार्फत सुचनाको नाममा मृत्युको आतंक उत्पादन हुन पुगेकोले डर, त्रास सबैभन्दा ठुलो रोग बन्न पुगेको भन्दै तथ्यमा आधारित सुचना मात्रै प्रवाह हुने व्यवस्था गर्न युवा लिग नेपालले माग गरे ।

देशैभरी भाडामा बसेका परिवारको निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न र बैंक फाईनान्सको कर्जाको ब्याज र हर्जाना मिनाहा गर्ने व्यवस्था गर्न समेत युवा लिग नेपालले ज्ञापनपत्रमा उल्लेख गरेका छन् । युवा लिग नेपाल चितवनका अध्यक्ष लछुराम विश्वकर्मासहित वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बिजय विश्वकर्माको उपस्थितमा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र हस्तान्तर गरेका हुन ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>