Breaking News

भरतपुर अस्पताल र ईच्छाकामनाले पायो १५ थान अक्सिजनसहितको सिलिण्डर

Banner

चितवन, जेठ १ –

चितवनमा अक्सिजनको अभाव हुन नदिन एकसाथ दुई संस्थालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरिएको छ । सामाजिक सेवामा आवद्ध सपना भिलेज सोसल ईम्पयाक्टले भरतपुर अस्पताललाई १० थान र ईच्छाकामना गाँउपालिकालाई ५ थान गरी १५ थान अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको हो ।

कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव हुन नदिन र जिल्लाको एक मात्र गाँउपालिका क्षेत्रका विपन्न जनताको सहजताका लागि अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको सपना भिलेज सोसल ईम्पयाक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए ।

ओमसञ्जीवनी अक्सिजन सप्लायर्स माफर्त ग्याँस उद्योगलाई धरौटी राखी ४ लाख रुपैयाँ बराबरबमो ठूलो १५ थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको अध्यक्ष गिरीले बताए । संस्थाले शुक्रबार ईच्छाकामना गाँउपालिका अध्यक्ष गीतकुमारी गुरुङ्ग, भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई सपना भिलेजका अध्यक्ष धुव्र गिरी, रत्ननगर नगरपालिका मेयर नारायण वनले हस्तान्तरण गरेका थिए ।

अस्पतालमा गम्भीर किसिमका कोरोना संक्रमित व्यक्ति बढे र शैया थपभएसँगै उपचारमा सहजताका लागि सहयोग गरेका हौँ, उनले भने –सपनाले विगतमा कोरोना कहरमा विविध सहयोग गर्दै आएको थियो । तर यो पटक अक्सिजन नै बढी आवश्यकदेखेपछि हामी सहयोग गर्न पाउदाँ निकै खुसी छौँ । ’सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले भने । अक्सिजन पाएसगैँ खुसी हुदै भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले अक्सिजन हाहाकार भएको अवस्थामा गरिब विपन्न जनताको बढी उपचार हुने सरकारी अस्पताललाई सिलिण्डरसहित अक्सिजन हस्तान्तरण गरेकोमा धन्यवाद दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>