Breaking News

राजेन्द्र महतो बने जसपा संसदीय दलको नेता, महन्थ पक्षका २० सांसद सहमत

Banner

काठमाडौं, बैशाख ३१
जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।

जसपाका अनुसार बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो । महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । उनले भने’ ‘भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>