Breaking News

उम्मेदवारी फिर्ता नलिने खिमलाल देवकोटाको निर्णय

Banner

काठमाडौं, वैशाख ३१ –

राष्ट्रियसभाको वागमतीतर्फको प्रदेशतर्फको रिक्त सदस्यका लागि विपक्षी गठबन्धनबाट उम्मेवारी दिएका डा. खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने बताएका छन्।

नेकपा एमालेको विवाद समाधानउन्मुख भएपछि राष्ट्रियसभामा विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले के गर्लान् भन्ने चासो बढेका बेला देवकोटाले आफ्नो उम्मेदवारी कायम रहेको भन्दै मत मागेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो उम्मेदवारीबारे जिज्ञासा राखिनु स्वभाविक भएपनि आफू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलहरूको समर्थनमा उम्मेदवार बनेकोले त्यसबारे पुनर्विचार गर्ने कुरा कल्पनाबाहिरको रहेको बताएका हुन् ।

राजनीतिक दलहरुले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु बिना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी यही विचारबाट अभिप्रेरिता छ’, देवकोटाले सामाजिक सञ्जालमार्फत भनेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>