Breaking News

प्रधानमन्त्रीका लागि तोकिएको समयमा कसैको दावी परेनः राष्ट्रपति कार्यालय

Banner

काठमाडौं, वैशाख ३०-

राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ । बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्ति लेखिएको छ ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>