Breaking News
एकैदिन कोरोनाबाट २१४ जनाको मृत्यु, ८९६० कोरोना संक्रमित थपिए
काठमाडौं, वैशाख ३० –
पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन्।
पछिल्लो २४ घन्टामा मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १९४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा थप ८९६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोे छ। नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा थप ५०५५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा ३१२५१८ जना संक्रमणबाट निको भएका छन्।
सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको मन्त्रालयले बताएको छ ।


























