Breaking News

‘प्रचण्ड’ देउवा निवासमा पुगे

Banner

काठमाडौं, वैशाख ३० –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठस्थित देउवा निवास पुगेका छन्। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा नेताहरु एकआपसमा भेटर्वाता तीव्र पारेका छन्।

देउवाले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए । छलफलमा ठाकुरले सरकार गठनमा जसपाको भर नपर्न भनेका थिए। यसैबीच देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक राखेका छन्। कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाइएको छ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका निम्ति दलहरूलाई साँझ ९ बजेसम्मको समय छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय घर्किँदै जाँदा छलफल तीव्र बनेको छ ।

गठबन्धन सरकार निर्माण असफल भएमा संविधानको धारा २०७६ को उपधारा ३ को प्रक्रिया सुरु हुनेछ । जसअन्तर्गत ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा ओलीले नै प्रधानमन्त्रीको नेतृत्व गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>