Breaking News
ओली र माधवबीच भेटवार्ता हुँदै, सहमति नभए आजै राजीनामा दिने माधवको चेतावनी
काठमाडौं, बैशाख ३०
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुने भएको छ।
भेटको समय र ठाउँ तय नभएको नेकपा स्रोतले बताएको छ । स्रोतका अनुसार आज दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय हुनेछ ।
वरिष्ठ नेता नेपालले२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन् । आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदहरूले आजै राजीनामा दिने समेत चेतावनी दिएका छन् ।
यसअघि ओलीनिकट नेता बिष्णु पौडेलले नेपाल निवास कोटेश्वरमा पुगेर उनीसँग छलफल गरेका थिए ।
भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए । तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।
बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही लिने निर्णय गरेको छ ।


























