Breaking News

हामीमाथिको कारवाही फिर्ताको निर्णय सकारात्मक कदम : नेता पाण्डे

Banner

काठमाडौँ,वैशाख ३० –
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भनेका छन् । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको थियो । ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ । हामीले त हिजो पनि यो गलत भयो भनेका थियौं । अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहुन्छ भन्ने आशा गरेका छौं ।’

पाण्डेले अब तत्कालीन एमालेकालको स्थायी कमिटी बैठक बोलाएर अन्य विषयहरुलाई सम्बोधन गर्न कार्यदल गठन गर्न सकिने बताए । एकताबद्ध एमालेका लागि भइरहेका प्रयासलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>