Breaking News
एमालेका चार नेतामाथिको कारवाही फुकुवापछि योगेशले भने – अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ
०

काठमाडौं,वैशाख ३०-
नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले माधवसहितका चार नेताको कारवाही फिर्ताप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् । भट्टाराईले ट्वीट गर्दै भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’
आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेपछि भट्टराईले प्रतिक्रिया जनाएका हुन् । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो ।
हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) May 13, 2021
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























