Breaking News

अहिलेसम्म प्रधानमन्त्री नभएकालाई प्रधानमन्त्री बनाएर सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउँ : बाबुराम

Banner

काठमाडौं, बैशाख २९
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेका छन् ।

बुधवार आफ्नो धारणा सार्वजनिक गर्दै उनले संविधाको धारा ७६ को उपधारा २ बमोजिम नै सरकार बनाउनु पर्नेमा जोड दिएका हुन् ।

विभिन्न नेताहरुसँगको भेट र छलफलपछि डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओली र अन्य पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति, साझा न्युनतम कार्यक्रमसहित एक वर्षभित्र चुनावमा जाने प्रस्ताव राखेका छन् ।

राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला जसपा एकजुट हुन सकेको छैन । भट्टराई ओलीको विस्थापनको पक्षमा रहे पनि महन्थ ठाकुर पक्ष मानेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>