Breaking News

चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिएर आएको जहाज काठमाडौं उत्रियो

Banner

चितवन,वैशाख २८-
कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिएको अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ । वायुसेवा निगमको ए ३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>