Breaking News

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु

Banner

बुटवल,वैशाख २८-
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् ।
उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

२४ गते र २६ गते मृत्यु भएका संक्रमितको शब व्यवस्थापन नभएकाले मंगलबार मात्र जानकारीमा आएको डा. गौतमले बताए । ‘अस्पतालमा शब व्यवस्थापन समयमै हुन नसक्दा कतिपय संक्रमितको मृत्युको जानकारी ढिला मात्रै हुन्छ’। डा. गौतमले भने–‘संक्रमित र मृत्यु दर बढेको तर अस्पतालमा सूचना प्रविधि क्षेत्रका जनशक्ति अभावले संक्रमितको भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने अवस्था भयो ।’

सूचना प्रविधि क्षेत्रको छुट्टै जनशक्ति नहुँदा विरामीको उपचारमा खटिनुपर्ने चिकित्सकले नै त्यो जिम्मेवारी निभाउनुपर्दा निकै अप्ठेरो भएको उनले गुनासो गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>