चितवन विशेष

चितवनको रत्ननगरमा एकैदिन छोराको कोरोना संक्रमणबाट,बुबाको परीक्षण गर्न जाँदा लडेर मृत्यु

Banner

चितवन,बैशाख २७-

चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकका एकैघरका बाबु छोराको मृत्यु भएको छ । ३८ वर्षीय छोराको सोमबार बिहान कोरोना संक्रमणको कारण मृत्यु भएको हो भने ६८ वर्षीय बुबाको कोरोना परीक्षणको लागि अस्पताल पुग्दा एम्बुलेन्सबाट ओर्लनेबित्तिकै लडेर बेहोस भएपछि आइतबार साँझ मृत्यु भएको वडाध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए ।

१० दिनअघि कोरोना पुष्टि भएर होम आइसोलसनमा रहेका छोरालाई शुक्रबार चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो । बुबालाई पनि खोकी र पखाला लागेपछि रत्ननगर नगरपालिकाको एम्बुलेन्समा स्वाब परीक्षणको लागि आइतबार अस्पताल लगिएको थियो ।

अस्पताल पुगेर एम्बुलेन्सबाट ओर्लनेबित्तिकै लडेर बेहोस भएका बुबाको पनि बेलुकी ७ बजे मृत्यु भएको वडाध्यक्ष भट्टराईले बताए । बुबाको मृत्यु भएपछि स्बाब परीक्षण नगरिएकाले मृत्युको कारण खुल्न नसकेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>