Breaking News
नयाँ सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई देउवा, प्रचण्ड र उपेन्द्रको आग्रह
काठमाडौँ, वैशाख २७–
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेको छ । यी तीन दलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरूगर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आग्रह गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकारको प्रक्रिया सुरू गर्न आह्वान गरेका हुन्।
आज भएको विश्वासको मतको मतदानमा प्रधानमन्त्री ओलीका पक्षमा ९३ मत मात्रै आएको थियो । उनका आफ्नै पार्टीका २८सांसदले मत दिएनन् । उनीहरु माधव नेपाल–झलनाथ खनाल पक्षका हुन् । उनको विपक्षमा भने १२४ मत आएको छ भने तटस्थमा १५ मत आएको थियो।
























