Breaking News
प्रतिनिधिसभाको दोस्रो बैठक शुरू, प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत
०
चितवन,वैशाख २७ –
प्रतिनिधसभाको दोस्रो बैठक शुरु भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक शुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेस गरेका छन्।
संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि पेश प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दलीय आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























