Breaking News

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै

Banner

काठमाडौं, वैशाख २७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ ।

पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । उनको हातखुट्टा चलेका छ्रैनन् भने आँखा जुधाएर हेर्न सक्दिनन् । दिसा–पिसाब पनि गराइदिनुपर्ने परिवार स्रोतले जनाएको छ । सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् ।

दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी।) बाट पीडित छिन् । चिकित्सकका अनुसार यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिन्छ ।

यही वैशाख दोस्रो साता उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले तीन दिनपछि डिस्चार्ज गरेपछि उनी हाल खुमलटारस्थित निवासमै छिन् । सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>