चितवन विशेष
भरतपुर ११ जखडीमाईमा प्रतिबन्धित गाँजासहित एक युवक पक्राउ
०

चितवन,बैशाख २७-
चितवनमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपाालिका वडा नं ११ स्थित जखडीमाईंमा सवारी साधन चेकजाँच गर्ने क्रममा शुक्रबार एक युवकलाई प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।
चितवनमा निषेधाज्ञाको समयमा चेकजाँचका क्रममा शंकास्पद दुई व्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा भागेपछि पिछा गर्दा भरतपुर महानगर वडा नं १ का २० वर्षीय संगम प्रजापतिलाई ७९० ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं सूचना अधिकारी प्रनाउ सरोज गिरीले जानकारी दिनुभयो ।
शंकास्पद एक जना फरार रहेको र पक्राउ परेका प्रजापतिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























