Breaking News

चितवनका सांसद सुरेन्द्र पाण्डे भन्छन्,’सामूहिक राजीनामा दिने निर्णय भएको छैन’

Banner

चितवन, वैशाख २६ –

नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सामूहिक राजीनामा दिने निर्णय नभएको बताएका छन् । पाण्डेले राजिनामा दिनेबारे कुनै पनि निर्णय नभएको संचारकर्मीलाई बताएका हुन् ।

हाल माधवकुमार नेपाल पक्षका सांसदहरूले विश्वासको मत लिनुअघि नै सामूहिक राजीनामा दिने चर्चा चलिरहेको छ । आज बस्ने भनिएको आफ्नो पक्षको स्थायी कमिटी बैठकबारे पनि टुंगो लागिनसकेको उनले बताएका छन् ।

पाण्डेले भने,’साँझसम्म एउटा निर्णयमा पुग्ने सम्‍भावना रहेको छ । हाल भने कुनै निर्णय भएको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>