Breaking News
प्रधानमन्त्रीको विश्वासको मतमा जसपा तटस्थ बस्ने संकेत, निर्वाचनमा जानुपर्ने महन्थ ठाकुरको आशय

काठमाडौं, बैशाख, २५
कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।
भेटमा ठाकुर र महतोले देउवालाई मुलतः तीनवटा सन्देश दिएका छन् । देउवालाई ठाकुरले प्रष्टसँग भनेका छन् :
१ः विश्वासको मतमा जसपा तटस्थ बस्छ, उपेन्द्र यादवजीको कुरामा नलाग्नुहोस् ।
२ः वैकल्पिक सरकारको सम्भावना अहिले छैन ।
३ः सबै मिलेर निर्वाचनतर्फ मुलुकलाई लैजाऔं ।
वार्तामा सहभागी स्रोतका अनुसार जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई सुझाव दिएका छन् ।
देउवालाई भेटेपछि उनीहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटर पुगेका छन् । उनीहरुले बालुवारटामा समेत ती तीन वटा विषयको जानकारी गराएका छन् ।
पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम बारे परामर्श गर्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएका छन् ।


























