राजनीति

खनाल-नेपाल समूहका स्थायी कमिटीकाे आज बस्दै

Banner

चितवन,वैशाख २६-
आज नेपाल – खनाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक बस्न लागेको छ । खनाल-नेपाल समूहका एक स्थायी कमिटी सदस्यले बैठक बस्न लागेको भए पनि समय टुंगो भइनसकेको बताए ।

केही सांसदहरूले सामूहिक राजीनामा दिनेलगायत समसायमिक राजनीतिक विषयमा छलफल गर्न उनले बताएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। ओलीलाई विश्वासको मत पुग्न नदिने र वैकल्पिक सरकार बनाउन सहज वातावरण बनाउने उद्देश्य खनाल-नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>