Breaking News
लोकसेवालगायत संवैधानिक आयोगमा नियुक्ति सिफारिस

काठमाडौं, वैशाख २६ –
संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ।
परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएको जानकारी अनुसार आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको हो ।
कुन(कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण भने आउन बाँकी रहेको तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित रहेका थिएनन् ।
बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए । सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।


























