Breaking News

सापकोटा र देउवाको उपस्थितबिना नै संवैधानिक परिषदको बैठक सुरु

Banner

काठमाडौं, वैशाख २६ –

आज संवैधानिक परिषदको बैठक सुरु भएको छ । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थित बिना नै बैठक सुरु गरिएको हो ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना भने सहभागी छन् । सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीश राणा उपस्थित संवैधानिक परिषदले गरेको निर्णय उपर परेका विभिन्न मुद्दा उनी समेतको संवैधानिक इजलाशमा विचाराधीन अवस्थामा रहेकाले न्यायिक मान्यताअनुसार राणा परिषदको बैठकमा उपस्थित हुन नमिल्ने संविधानविदहरु बताँछन् ।

आइतबारको बैठकले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने सम्भावना छ । संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरी राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>