Breaking News
माधव पक्षका सांसदले गरे हस्ताक्षर,अधिवेशन अघि नै राजिनामा दिने

काठमाडौं,बैशाख २६-
नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका छन् । यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।
नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । नेपाल निकट स्रोतका अनुसार २० जना सांसदको राजीनामा तयार छ । अब केपी ओलीलाई सत्ताच्यूत गरेपछिमात्र नयाँ आधारमा एमालेको एकता खोज्ने वा नयाँ पार्टी गठन गर्ने बारे प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपालसहित भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् ।
माधव पक्षका एक सांसदले भने–हामीले राजीनामा पत्रमा हस्ताक्षर गरेर माधव नेतृत्वलाई बुझाएका छौं । दुःखका साथ भन्नुपर्छ अब एमाले एकता जोगाउन सकिएन ।
























