चितवन विशेष

अटेर गरेर पसल खोल्नेलाई धमाधम कारवाही गर्दै चितवन प्रहरी

Banner

चितवन, वैशाख २५–

चितवन प्रहरीले तोकिएको समय भन्दा बाहिरी समयमा पसल खोल्ने १२ जनालाई कारवाही गरेको छ । प्रहरीले उनीहरुबाट ५ हजार ८ सय जरिवाना समेत असुल गरेको छ । यससंगै शनिबार मात्रै प्रहरीले कुल १ लाख ६ हजार २ सय रुपैयाँ जरिवाना उठाएको छ ।

२८३ सवारीलाई कारवाही

चितवनमा शनिबार निषेधाज्ञा उल्लंघन गर्ने २८३ सवारी साधनलाई कारवाही गरिएको छ । २५३ वटा (दुई पाङग्र्रे/मोटरसाइकल) र ३० वटा अन्य सवारी साधनलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सरोज गिरीले जानकारी दिए । उनले नियन्त्रणमा लिईएका सवारी साधनलाई २४ घण्टा होल्डमा राखेर जरिवाना गरि छाडिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>