चितवन विशेष

पक्राउ परेका चितवनका ६ तेस्रोलिंगी धरौटीमा छुटे

Banner

भरतपुर, वैशाख २५ –

पक्राउ परेका चितवनका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ६ जना छुटेका छन् । जनही ६ हजार धरौटी बुझाएर उनीहरु १० दिनपछि छुटेका हुन । जिल्ला प्रशासन कार्यालयका प्रमुख पे्रमलाल लामिछानेको अनुमतिमा उनीहरुलाई धरौटी छुटाईदिएको चितवनमा तेस्रो लिंगीको हक अधिकारका लागि आवाज उठाउँदै आएका देव कुमार श्रेष्ठले जानकारी दिए । पहिले उनीहरुलाई जनही १० हजार धरौटी तिर्नुपर्ने भनेको र पछि अनुरोध गरेपछि चार हजार घटाईदिएको श्रेष्ठले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई २४ दिन राख्नुपर्ने भनेका थिए । कोरोनाको समयमा उनीहरु पक्राउ गर्नु उचित नरहेको भन्दै उनीहरुलाई छोड्न आदेश दिर्ईएको प्रमुख लामिछानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको प्रक्रिया सबै पुरा गरेर सिडियोलाई बुझार्ईएको डिएसपी सरोज गिरीले बताए । सिडियो चितवनमा अभद्र व्यवहारका मुद्दाहरु हेर्ने काम गर्छ । गत १२ गते जिल्ला प्रहरी कार्यालय चितवनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ६ जनालाई पक्राउ गरेको थियो । सर्वधारणलाई अभद्र व्यहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार
https://narayanionline.com/2021/04/28/112616/

चितवन प्रहरीको हिरासतमा ६ जना तेस्रोलिङ्गी,अधिकारकर्मी भन्छन : बिना गल्ती पक्राउ गरियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>