चितवन विशेष

भरतपुरमा सिआईडी भन्दै लुटपाट गर्ने ६ युवक पक्राउ

Banner

भरतपुर, वैशाख २५ –

भरतपुरमा नक्कली सिआईडी बनेर लुटपाट गर्ने ६ जना युवक पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १० सिनर्जीचोक स्थित सुष्मा गुरुङको घरमा नक्कली सिआइडी बनेर चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोरखा घर भइ हाल भरतपुर ११ मा बस्ने २२ वर्षीय बिमल गुरुङ, सोही स्थानका २५ वर्षीय सागर कुमाल, बाग्लुङको जमैनी घर भई हाल भरतपुर ११ मै बस्ने २४ वर्षीय जीवन पौडेल, सोही स्थानका २० वर्षीय समिर कुमाल, २१ वर्षीय सन्दिप गुरुङ र भरतपुर १० का २२ वर्षीय निर्दोष थापा क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सुचना अधिकारी सरोज गिरीले दिएको जानकारी अनुसार शुक्रबार राति साढे ९ बजे उनीहरु मध्ये बिमल गुरुङ र सागर कुमालले आफुहरुलाई सिआइडी बताउँदै स्थानीय सुष्मा गुरुङ घरमा प्रवेश गरेका थिए । उनीहरुले एक थान चाँदीको बाला र ४६ हजार रुपैयाँ चोरी गरेका थिए । दुई जना सिआइडी भन्दै घर भित्र प्रवेश गरेको र बाँकी चार जना घर बाहिर बसेको पिडित सुष्माले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

महामारीमा झुटको प्रचार गर्दै भरतपुरकी मेयर रेनु, घरमै निशुल्क एम्बुलेन्स भन्दै मिडियालाई उल्लु बनाउँदै
https://narayanionline.com/2021/05/07/114560/

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>