मकवानपुर

हेटौंडामा नातिद्वारा बन्चरो प्रहार गरी हजुरआमाको हत्या

Banner

मकवानपुर,बैशाख २४-

हेटौंडामा एक नातिले बन्चरो प्रहार गरी हजुरआमाको हत्या गरेका छन्। २२ वर्षीय आकाश गुरुङले ९० वर्षीया हजुरआमा कान्छीमायाको बन्चरो प्रहार गरी शुक्रबार हत्या गरेका हुन्। घरको आँगनमा बसिरहेको बेला आकाशले टाउकोमा बन्चरो प्रहार गरी कान्छीमायाको हत्या गरेको प्रहरीले जनाएको छ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा हेटौंडा मृत्यु भएको प्रहरीले जनाएको छ। आकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>