Breaking News

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न तीन नेताबीच वार्ता

Banner

काठमाडौं, वैशाख २४ –

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न नेताहरुबीच निरन्तर संवाद भइरहेको छ । विहिबार मात्रै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन्

नेताहरुका अनुसार आज पनि संवाद हुनेछन् । पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि अध्यक्ष ओली झस्किएका हुन ।

त्यसअघि बिहीबार नै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले नेपाल समूहका नेतमाहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि सम्वाद गरेका थिए । उनीहरुको भेटर्वातामा सहमती भने जुटेको छैन ।

एमाले अध्यक्ष ओली र नेताद्धय भुसाल–भट्टराईको वार्ता भने झण्डै अझ अबेरसम्म चलेको थियो । छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउने र बैठकमा आउन भनेका छन् । तर नेपाल समूहका नेताहरु त्यसमा सहमत छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>