विजनेश

कोरोना कहरमा एनसेलले ल्यायो विभिन्न राहत प्याकहरु

Banner

काठमाडौं, वैशाख २३–

कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा सहजै सम्पर्कमा रहिरहन सघाउने उदेश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ ।

सञ्चार सेवामा पहुँच सदैव अत्यावश्यक छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा सञ्चार सेवामानिर्वाध पहुँच झनै महत्वपूर्ण हुन्छ । प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका राहत अफरहरुले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्दछ ।

कोरोना भाइरस रोगबाट बच्न अहिलेको अवस्थामा सामाजिक र भौतिक दूरी कायम गर्दै भीडभाडबाट टाढा रहनु आवश्यक छ । यी ग्राहकमैत्री अफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपतकालिन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रत्येक रिचार्जमा बोनस डेटाः

यस अफर अन्तर्गत ग्राहकले रु ५० वा सो भन्दामाथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । रु ५० देखि रु९९ को रिचार्जमा ग्राहकले ५० एमबीबोनस डेटा प्राप्तगर्दछन् । बोनस डेटा १ दिनको लागिमान्य रहने छ । त्यसै गरि रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश रु १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमाप्राप्तगर्दछन् । त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

३० दिने डेटा प्याकमा डबल डेटाः

मंगलबार (वैशाख २१) बाट संचालनमा आएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । ग्राहकले कर सहित रु २४९ मा ३ दशमलब ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन् । त्यसैगरी करसहित रु ३९९ मा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, रु ४९९ मा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् ।

वर्क फ्रम होम अफरः

यस विपद्को घडीमा कार्यलयको कामकाजतथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिकतथा साप्ताहिक डेटा प्याकल्याएको छ । दैनिक डेटा प्याकमाग्राहकले कर सहितमात्र रु ३१ मा २ जीबीएप डेटा प्राप्त गर्छन र उक्त डेटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स्, जुमतथागुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजे देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ । यसका साथै ग्राहकले १५० एमबीअल टाइम डेटा पनिप्राप्तगर्दछन् । त्यस्तै साप्ताहिकप्याकअन्तर्गत ग्राहकले कर सहितमात्र रु १२७ मा १४ जीबीएप डेटा तथा ३ जिबीअल टाइम डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी वर्क फ्रमहोम अफर अन्तर्गतकाप्याकआफ्नो आवश्यकताअनुसार रोज्न सक्छन् । प्याकअन्तर्गतको निश्चितभोल्युमप्रयोग भइसकेपछि विद्यमान् डेटा शुल्क लाग्नेछ ।

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनसः

तिब्र गतिमा फैलिरहेको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्नका लागि देशको विभिन्न जिल्लामा हाल लागु भईरहेको निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रुपमा पाउन सम्भव छैन । यस्तो अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेल एप, च्याटबोट र वेभसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्छन् । १ दिनकोप्याक (रु१८), ७ दिनको प्याक (रु९८), १४ दिनको प्याक (रु १३९) खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको सुविधा रहेको छ । त्यस्तै ट्रीपल मजाप्याकअन्तर्गत ७दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) को खरिदमा ० दशमलब५ जीबी देखि ० दशमलब ७५ जीबीसम्म बोनसको फाइदा लिन सकिन्छ ।

एनसेल सापटीमा विभिन्न सुविधाः

एनसेलले यस कठिन परिस्थितीमा ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै सापटी सेवामा थप सुविधाहरु दिएको छ । यो योजनालागु भएसँगै ग्राहकले अब सापटी सेवाअन्तर्गत पुरानै सेवा शुल्कमा रु ८० सम्म सापटी लिन सक्नेछन् । साथै ग्राहकले १२०० एमबी डेटा पनि सापटी अन्तर्गत लिन सक्छन् र यस सुविधाकालागिग्राहकले डेटा सुल्क, सेवाशुल्क र कर सहित रु ८२.५५ पछि रिचार्ज गरि तिर्न सक्छन् । सापटी सेवामै ग्राहकले १ दिनको समयसिमा रहेको १५ मिनेटको टक टाइम कुलरु १२.५५ मा र २०० एमबी डेटा रु २२.५५ लिनसक्छन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी सापटी लिन सक्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>