Breaking News
सकियो एमाले स्थायी समिति बैठक, प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने निर्णय
०
काठमाडौं, बैशाख २३
नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकले नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।
यस्तै बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा सभा बैठकबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा छलफल भएको बताउँदै उनले निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु पेस गरिएको ज्ञवालीले बताए ।
बैठक सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























