Breaking News
भरतपुर अस्पतालमा २ सय २४ नमुना परीक्षण गर्दा १ सय ३० सङ्क्रमित
०
भरतपुर,वैशाख २१-
भरतपुर अस्पतालमा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नमुना परिक्षणका लागि संकलन गरिएका नमुना बाट संक्रमण पुष्टि हुने दर उच्च देखिएको छ । संक्रमण पुष्टि हुनेमा अधिकांश युवाहरू रहेका छन् ।
२२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ ।
थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका ४६ पुरुष र ४२ महिला गरी ८८ जना, रत्ननगर नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका १ , खैरहनीह नगरपालिका २ तथा माडी नगरपालिकाका २ जना छन् । बाँकी २९ जना संक्रमित नवलपुर, गोरखा, नुवाकोट, पर्वत, काठमाडौं र बाराका रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























