Breaking News

अन्य जिल्लाबाट चितवन आउनेहरु दश दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

Banner

चितवन, बैशाख २२
कोरोना भाइरसको बढी संक्रमण भएका जिल्लाबाट चितवन आउनेहरु दश दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । आज सम्पन्न जिल्ला कोेभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले भारत वा तेश्रो मुलुकबाट आउने र बढी संक्रमित भएका जिल्लाबाट आउनेहरुलाई अनिवार्य दश दिन क्वारेन्टाइनमा बस्न लगाउने निर्णय गरेको हो ।

बैठकले अन्य जिल्लाबाट कोही नयाँ व्यक्ति गाउँटोलमा आए नआएको जानकारी सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ । जिल्लामा कोभिड–१९ को संक्रमण देखिए पनि लक्षण नदेखिएका वा स्वास्थ्यमा जटिलता नदेखिएका कारण होम आइसोलेशनमा बसेका व्यक्तिहरुको एकीन पहिचान तथा विवरण अद्यावधिक गरी संक्रमितलाई अन्य संक्रमणको जोखिम नबढ्ने गरी सुरक्षित रुपमा होम आइसोलेशनमा बसे नबसेको सम्बन्धमा सतर्कताका साथ निगरानी तथा अनुगमन गर्ने बैठकको निर्णय छ ।

यस्तै बैठकले स्थानीय तहमा सञ्चालित विकास निर्माणसँग सम्बन्धित योजना कार्यान्वयन गर्दा सम्बन्धित ठेकेदारले आवासीय कामदार राखी जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी मात्र सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>